२०८१ बैशाख ७ , शुक्रवार

डिस्चार्ज भए राष्ट्रपति पौडेल

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । शनिबार साँझ पेटमा समस्या देखिएपछि  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका राष्ट्रपति पौडेल बुधबार दिउँसो डिस्चार्ज भएका हुन् ।

पौडेलको उपचारमा डा। निरज बमसहित मेडिसिन विभागका चिकित्सकहरुको टोली संलग्न थियो । राष्ट्रपतिको सचिवालयका अनुसार पौडेल शीतल निवास फर्किइसकेका छन् ।