२०८१ बैशाख २६ , बुधवार

ठोरी आसपासको क्षेत्रमा आतङ्क मच्चाउँदै आएको बाघ नियन्त्रणमा

 

सुनाखरी न्युज / पर्सा – चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिइएको हो । ठोरीस्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार पछिल्लो केही दिनदेखि सो बाघले किसानका बाख्रालगायत घरपालुवा जनावर मारेर खान थाले पछि स्थानीयको अनुरोधमा सो बाघलाई नियन्त्रणमा लिइएको हो ।

 

बाघका कारण स्थानीयको ज्यान नै जोखिम पर्ने सम्भावना बढे पछि स्थानीयले निकुञ्जलाई बाघ नियन्त्रणमा लिन अनुरोध गरेका थिए ।

सो बाघलाई नियन्त्रणमा लिनु अघि ठोरी आसपासका क्षेत्र तथा बाघ हिँड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको टोली परिचालन गरेर रेक्की गरिएको थियो ।