२०८१ बैशाख २६ , बुधवार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै पुग्यो १लाख ११ हजार

सुनाखरी न्युज/ काठमाडौं ।
सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ बढेको हो । यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो । विश्वमा आर्थिक मन्दी देखिन थालेको विभिन्न रिपोर्टहरुले देखाएकाले सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।

 

चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४४० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।