२०८१ जेठ ५ , शनिवार

शेयर बजारको गिरावट कायमै

Share Down

सुनाखरी न्युज/ काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ५.२० अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ६८ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज ९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ भने ११६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २५७.८० रुपैयाँ पुगेको छ । केहि दिन यता यस कम्पनीको शेयरमूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।

 

नेप्सेका अनुसार ८.५ प्रतिशत प्रभु बैंक डिभेञ्चर लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.२९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ३ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।