२०८३ बैशाख २७ , आइतवार

अञ्जनले गरे वरिष्ठ उपाध्यक्षमा उम्मेद्‍वारी दर्ता

सुनाखरी न्युज/ काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान वस्तुगततर्फका उपाध्यक्ष अञ्जनले उम्मेद्‌वारी दर्ता गरेका छन्। श्रेष्ठले आज मंगलबार उम्मेद्‌वारी दर्ता गरेका हुन्।

लक्ष्मी ग्रुपमा कार्यकारी निर्देशक श्रेष्ठले २० वर्षभन्दा बढी समय महासंघमा बिताइसकेका छन्। उनी नाडा अटो मोबाइल्स एसोशिएसन अफ नेपालका पूर्वअध्यक्ष समेत हुन्। अञ्जनले अब रामचन्द्र संघई र उमेशलाल श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन्। वरिष्ठमा जितेसँगै ६० औँ साधरणसभाबाट स्वत: अध्यक्ष बन्ने छन्।

 

अञ्जनको एशोसिएट उपाध्यक्षमा भरत आचार्य रहेका छन्। आचार्य उमेशलाल टिमको समेत एशोसिएट उपाध्यक्षका उम्मेद्‍वार हुन्। यसैगरी अञ्जनको टिमबाट वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गी रहेका छन्।