२०८१ बैशाख २२ , शनिवार

नेपालको आर्थिक वृद्धिदर घटेर ४.१ प्रतिशत कायम हुने एडीबीको प्रक्षेपण

सुनाखरी न्युज/ काठमाडौ । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धि दर घटेर ४.१ प्रतिशत कायम रहने प्रक्षेपण गरेको छ। सन् २०२४ मा भने आर्थिकदर ५ प्रतिशत पुग्ने बैंकको प्रक्षेपण छ ।

 

बैंकले कसिलो मौद्रिक नीति, घट्दो आन्तरिक माग, कोभिडको समयमा प्रदान गरिएका सहुलियतको कटौती र बाह्य कारणहरुले गर्दा आर्थिक वृद्धिदर कमजोर हुने प्रक्षेपण गरिएको जनाएको छ। पुँजीगत खर्चमा वृद्धि लगानी योजना, वित्तीय व्यवस्थापन , र विकास निर्माणका योजनाहरुले आर्थिक वृद्धिमा सहयोग गर्ने बैंकले उल्लेख गरेको छ।

 

एडीबीका अनुसार कृषितर्फको आर्थिक वृद्धि गत वर्षको २.३ प्रतिशतबाट गह्टर २ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ। पर्याप्त पानी नपरेको जाडोयाममा हुने कृषि उत्पादन घट्ने बैंकले जनाएको छ । उच्च ब्याजदर, आयातमा प्रतिबन्ध, घट्दो आन्तरिक मागका कारण औद्योगिक वृद्धि पनि घट्ने प्रक्षेपण गरिएको छ ।

 

एडीबीका अनुसार नेपालको महँगीदर बढेर ७.४ प्रतिशत पुग्ने छ । गत वर्ष महँगी दर ६.३ प्रतिशत थियो । सन् २०२४ मा भने महँगी दर घटेर ६.२ प्रतिशत कायम हुने बैंकको प्रक्षेपण छ ।