२०८१ जेठ ५ , शनिवार

प्रभु क्यापिटल र सगरमाथा जलविद्युत कम्पनी बिच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

सुनाखरी न्युज/ काठमाडौ । प्रभु क्यापिटल लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेड बिच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतश्री आशिष गौचनले हस्ताक्षर गर्नु भएको छ । २०७९ चैत्र२० गतेदेखि लागू हुने गरी प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।

 

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।