२०८१ बैशाख १४ , शुक्रवार

कुमारी बैंकको २२ औं वार्षिकोत्सव, ग्राहकहरुका लागि आकर्षक योजना तथा विशेष छुट

सुनाखरी न्युज/ काठमाडौ । कुमारी बैंक लिमिटेडले नविनत्तम र भरपर्दा बैंकिङ्ग सुविधा योजनाहरु उपलब्ध गराउदंै आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ।

 

यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरु लाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिकानिर्वाहगर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वास प्रति हार्दिक आभार व्यक्त गरेको छ । कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरु लाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ। कुमारी बैंक लिमिटेडको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न विशेषतायुक्त बैंकिङ्ग सुविधा योजना प्रस्तुत गरेको छ ।

 

ग्राहकहरू लाई थप वचत गर्ने अवसर प्रदानगर्दै सम्पूर्ण वचत खाताहरूमा लकर मार्जिनमा ७५% छुट प्रदानगर्दै विभिन्न साझेदारहरू मार्फत थप सुविधाहरु पनि प्रस्तुत गरेको छ। कुमारी बैंक लिमिटेडको २२ औं वार्षिकोत्सवको अवसरमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि निःशुल्क दर्ता गर्ने तथा वार्षिक शुल्कहरूमा पनि छुट प्रदान गरेको छ। साथै, कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ्ग मुद्दति’खातासमेत संचालमा समेत ल्याएको छ ।

 

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग सुविधातथा ४८ एक्सटेन्सन काउन्टर बाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रवाहगर्दै आएको छ। आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवाप्रदान गरी नेपालको बैंकिङ्ग जगतलाई डिजिटल बैंकिङ्ग तर्फ अग्रसर गराउनकुमारी बैंक लिमिटेड प्रतिबद्ध छ।