२०८१ बैशाख १३ , बिहिवार

२४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि

सुनाखरी न्युज/ काठमाडौँ । नेपालमा कोरोना भाइरसको महामारी अनियन्त्रित शैलीमा फैलिइरहेको छ । सोमबार एकैदिन ७६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

जसमा ३४५ पीसीआर परीक्षणबाट ४९ जनामा संक्रमण देखिएको हो । यो परीक्षणको १४ प्रतिशत भन्दा बढी हो । त्यस्तै ८०६ एन्टिजेन परीक्षणबाट २७ जना संक्रमित पाइएका हुन् । मात्र १६ जना संक्रमणमुक्त भएका छन् ।

 

हाल सक्रिय संक्रमित बढेर पीसीआरका मात्रै २२७ जना पुगिसकेका छन् । सोमबार २८ हजार ७०३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । भारतमा कोरोना बढेसँगै नेपालमा पनि ह्वात्तै बढेको छ । सचेतना भने अपनाएको पाइएको छैन ।