२०८१ बैशाख १३ , बिहिवार

रोकिएन शेयर बजारको गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबाट दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १६.६७ अंकले घटेर एक हजार ८ सय ७१ दशमलब ८८ विन्दुमा पुगेको छ ।

 

त्यस्तै, आइतबार एक अर्ब भनदा बढीको कारोबार भएकोमा आज कारोबार रकम एक अर्ब पनि पुगेको छैन । ९२ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४.४० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार ८.५ प्रतिशत प्रभु बैंक डिभेञ्चर लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।