२०८० चैत्र १६ , शुक्रवार

विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका गुरुङलाई

सुनाखरी न्युज/ काठमाडौँ । विन्ध्यवासिनी म्युजिकले यो वर्षको संगीत साधना सम्मान गायिका सुक्मित गुरुङलाई प्रदान गर्ने भएको छ ।

 

आगामी २२ वैशाखमा हुने विन्ध्यवासिनी म्युजिक अवार्डको १३औँ संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो ।

 

यसअघि विन्ध्यवासिनी संगीत साधना सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, संङ्गीतकार शक्ति बल्लभ, गीतकार कृष्णहरि बराल , गायक दीप श्रेष्ठ, गायिका ज्ञानु राणा, गायक दिपक खरेल, गायिका कुन्ती मोक्तान र गायिका तारा थापालाई सम्मानित गरिएको थियो ।