२०८१ बैशाख १४ , शुक्रवार

निर्देशक राजु केसी चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

सुनाखरी न्युज/ काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी नियुक्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले केसीलाई मन्त्रीस्तरीय निर्णयबाट सदस्यमा नियुक्त गरेकी हुन् । सोमबार मन्त्रालयमा पुगेर केसीले नियुक्तपत्र बुझेका छन् । फिल्म ‘प्रेमपूजा’बाट अभिनय करिअर थालेका केसीले पहिलोपटक फिल्म ‘धर्ती’लाई निर्देशन गरेका थिए ।

 

गत साता निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए । बोर्ड सदस्यको कार्यकाल दुई वर्षको हुन्छ । बोर्डको अध्यक्षमा भुवन केसी कार्यरत छन् ।