२०८१ बैशाख १४ , शुक्रवार

घार्मी सहकारीको अन्तर्क्रिया

शिशिर उजाड/ पोखरा । न्युन आय आर्जन गर्ने व्यक्ति तथा समुदायको लागि सहकारी संस्था वरदान सावित भएको एक कार्यक्रममा वक्ताहरुले बताएका छन्।

६६अौ राष्ट्रिय सहकारी दिवस तथा प्रथम वार्षिकोत्सवको अवसरमा घार्मी कृषि, पर्यटन तथा बाताबरण सहकारी संस्था लिमिटेडले पोखरा १९ घार्मीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीले वचत संकलन मात्र नगरी उद्यमशिलताको ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । सहकारीका अध्यक्ष एवं पोखराका युवा व्यवसायी पोषराज पौडेलले सहकारीले स्थापनको पहिलो वर्ष पुरा गरेको बताउँदै, एक वर्षको विचमा आफुहरु कृषि उद्यम र पर्यटन क्षेत्रमा केन्द्रीत रहेको बताए । सहकारीका सल्लाहकार एवं शिक्षासेवी वैकुण्ठ पौडेलले घार्मी कृषि उत्पादन र पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको बताउँदै, यहाँको माटो सुहाउँदो योजना बनाएर सहकारी सदस्यहरुको विचमा जान सुझाव दिए ।

सहकारीका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रदीपराज पौडेल, सल्लाहकार रामचन्द्र पौडेल, सहकारीकर्मी राजकुमार पौडेल, तेजेन्द्र पौडेल, करूणा देवकोटा पौडेल लगायतकाले राष्ट्रिय सहकारी दिवसका विषयमा वोलेका थिए। सो अवसरमा सहकारीले आफ्नो प्रथम स्थापना दिवस पनि मनाएको छ।