२०८० चैत्र १६ , शुक्रवार

चितवन–२ मा रवि लामिछानेलाई सहयोग गर्ने जगन्नाथ पौडेलको घोषणा

सुनाखरी न्युज/ काठमाडौँ । चितवनका स्थानीय एवं पूर्व कांग्रेस नेता जगन्नाथ पौडेलले वैशाख १० गतेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने घोषणा गरेका छन्।

 

पौडेलले चितवन–२ मा हुने उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन्। छोटो समयमा देशले रुपान्तरण खोजेकाले त्यसका लागि स्वतन्त्र पार्टीको समूह मात्रै सक्षम रहेको पौडेको भनाइ छ। ‘देशको रुपान्तरणका लागि ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ। यसका लागि स्वतन्त्र पार्टीहरुको समूह भए मात्रै देशले निकास पाउँछ,’ पौडेलले भने। चितवन–२ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उक्त क्षेत्रमा स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता पौडेलले १७ हजार बढी मत ल्याएका थिए। त्यसपछि कांग्रेसले उसलाई कारबाही गरेको थियो।

 

मंसिर ४ को चुनावमा सभापति लामिछाने विजयी भएका थिए। सर्वोच्च अदालतले उनको नागरिकता खारेज गरिदिए पछि उक्त क्षेत्रमा सांसद पद रिक्त रहेको थियो।