२०८१ बैशाख १६ , आइतवार

पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर संचालनमा

सुनाखरी न्युज/ काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले पोखरामा अशोक लेल्याण्डको स्टाइलिस, बेस्ट-इन-क्लास शोरुम र स्टेट-अफ-द-आर्ट सर्भिस सेन्टरको संचालनमा ल्याएको छ।

कम्पनीले आइतबारदेखि नयाँ शोरुम र स्टेट-अफ-द-आर्ट सर्भिस सेन्टर संचालनमा ल्याएको हो। यो नयाँ सुविधायुक्त शोरुम र सर्भिस सेन्टर पोखरा-बागलुङ राजमार्गको पर्स्याङमा खोलिएको हो। छिटो र बिक्री पछिको सेवा भरपर्दो उपलब्ध गराउने उद्देश्यका साथ यो शोरुम संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।

 

अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन्। साथै, भविष्यमा थप ४ आउटलेट सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ। त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट छन्। अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने कम्पनीको दाबी छ। कम्पनीका अनुसार ग्राहकले आफ्नो अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारी साधन छनोट गर्न सक्ने छन्। यस आधिकारिक सर्भिस सेन्टर पीके ट्रेडिङसँग अनुभवी तथा तालिम प्राप्त र सीपयुक्त प्राविधिकहरुको समूह छ। जसले अशोक लेल्यान्डका सबै कमर्सियल सवारी साधन मोडलमा भएका समस्याको समाधान र मर्मत गर्न सक्छन्।

 

मर्मत कार्यलाई छिटो र कुशलतापूर्वक सम्पन्न गर्ने सुनिश्चितताका लागि सर्भिस सेन्टर अत्याधुनिक टुल्स र इक्विपमेन्टले सुसज्जित छ। सवारी साधन चलायमान गराइराख्‍नका लागि सर्भिस सेन्टरले नियमित मर्मत सेवा समेत प्रदान गर्छ। स्पेयर पार्ट्स डिपार्टमेन्टले सबै प्रकारका कमर्सियल सवारी साधनका लागि उपयुक्त जेनुइन पार्ट्सको स्टक उपलब्ध गराउँछ। आफ्नो सवारी साधनमा फिट हुने र प्रभावकारी रुपमा कार्य गर्ने गरी डिजाइन गरिएका स्पेयर पार्ट्स यहाँ उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकलाई उच्च स्तरको सेवा उपलब्ध गराउन नयाँ शोरुम र सर्भिस सेन्टरमा लगानी गरेको जनाएको छ।

 

शोरुम र सर्भिस सेन्टरको उद्‍घाटन आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले गरे। ‘नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं,’ उनले भने, ‘थप यी आउटलेटहरूले ग्राहकलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई विश्व स्तरको अनुभव पनि दिनेछ।’ आईएमई मोटर्सले दीर्घकालीन अवधिका लागि प्रतिस्पर्धी ब्याजदरमा ग्राहकलाई सहज र छिटो ऋण उपलब्ध गराउन एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, भएचपीपीएल (भेन्चर हायर पर्चेज प्रा.लि) र नबिल बैंकसँग सम्झौता गरिसकेको छ।