२०८१ बैशाख २६ , बुधवार

घट्यो सुनचाँदीको मूल्य

Gold

सुनाखरी न्युज/ काठमाडौँ । आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तेजावी सुनको भाउ पनि आज प्रतितोला ६ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किचबेच भईरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ५ सय ९५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९२ हजार १ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम भएको छ ।