२०८१ बैशाख १६ , आइतवार

बीमा कम्पनीका संचालक र सिईओले दोहोरो पद धारण गर्न नपाउने

सुनाखरी न्युज/ काठमाडौँ । बीमा कम्पनीमा संचालक र प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेको व्यक्ति अरु कुनै कम्पनी र सार्वजनिक संस्थाहरुमा सञ्चालक, व्यवस्थापक वा कर्मचारीहरु दोहोरो भूमिकामा बस्न नपाउने भएका छन् ।

 

प्राधिकरणले बीमा कम्पनीमा सञ्चालक वा सीईओ रहेको व्यक्ति अर्को कुनै कम्पनी तथा सार्वजनिक संस्थामा सञ्चालक, व्यवस्थापक वा कर्मचारी रहेको भए त्यहाँबाट राजीनामा दिन वैशाख १ गतेसम्मको समय दिएको छ । सबै बीमा कम्पनीहरुलाई यससम्वन्धमा पत्राचार भइसकेको जनाइएको छ । प्राधिकरणले बीमा क्षेत्रमा सञ्चालकहरुको वित्तीय स्वार्थ बाझिने सम्भावना उच्च रहेको भन्दै यस्तो कडाईको नीति लिनुपरेको बताएको छ । यो नीति कार्यान्वयनसँगै कुनै बीमा कम्पनीमा सञ्चालकको पद धारणा गरेको व्यक्ति अन्यत्र पनि संलग्न हुन नपाउने भएका छन् ।

 

हाल बीमा र बैंक दुबैको दोहोरो भूमिकामा रहेका संचालकहरुले चैत मसान्तसम्ममा राजिनामा दिनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमा ऐनको दफा ५० को उप दफा ट बमोजिम कुनै पनि बैंक, बीमा कम्पनीका कर्मचारी तथा सञ्चालकहरु अर्को बीमा कम्पनीमा सञ्चालक बन्न नपाउने व्यवस्था गरेकोले अब सबैले राजिनामा दिनुपर्ने जनाएको छ ।