२०८१ बैशाख १७ , सोमवार

जि.डब्लु.एम नेपालद्वारा नववर्ष २०८० को अवसरमा ‘हर्षमय नववर्ष २०८०’ अफर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौँ । ग्रेट वालमोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले नेपाली नयाँ वर्ष २०८० को अवसरमा‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ ।

 

यो अफर नेपालभर १५ दिनसम्मचालु रहने छ र यो अवधिमा खरिद गरिएकाजि.डब्लु.एमकासबै मोडलका गाडीहरुको खरीदमा रु.५ लाख बराबरको फाइदा उपलब्ध हुनेछ जसमा आकर्षक नगदछुट, स्पेशल सेलिवे्रशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरु मान्यहुनेछ ।‘हर्षमय नववर्ष २०८०’ अभियान ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वता लाई निरन्तरता दिँदै सार्वजनिक गरेको हो र ग्राहकहरु लाई नयाँ वर्ष उत्साहपूर्वक र हर्षोल्लास पूर्ण बनाउन उत्कृष्ट विकल्प हुनेछ ।

 

यो अफरमा ग्राहकले आकर्षक नगद छुट, स्पेशल सेलिव्रेशन छुट सहित ५ लाख सम्मको फाइदा पाउनेछन् । हरेक जि.डब्लु.एमगाडीको खरिदमा, ग्राहकले निशुल्क एक्सेसोरिजका साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ ।

अफरहरु :
– आकर्षक नगद छुट
– स्पेशल सेलिव्रेशन डिस्काउन्ट
– एक वर्षको व्यापकबीमा
– निशुल्क एक्सेसोरिज
– ५ वर्षकोवारेन्टी८
– ५वर्ष निशुल्क सर्भिस८
– स्पट भ्यालुएसन, एक्सचेन्ज र अन्य धेरै

 

जि.डब्लु.एमको बारेमा
ग्रेट वालमोटर (जि.डब्लु.एम)ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्व बजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ ।

चीनबाहेकजि डब्लु एमले आफ्नाउत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्रीगरिरहेको छ । भि.जी. इम्पेक्स नेपालमा ग्रेट वालमोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वालमोटर नेपालले यीलोकप्रिय गाडीहरु नेपालल्याउन सफलभएको छ । जि.डब्लु.एम नेपालले हाभलएच् सिक्स, हाभलजोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोवलमोडेलहरुका साथ नेपालमाआफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिकमोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचागर्दछ ।

जि.डब्लु.एम नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरु लाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकलइको सिस्टम लाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।