२०८१ बैशाख १३ , बिहिवार

अमेरिकामा तेक्वान्दोमा निरन्तरता दिदै लक्ष्मण

सुनाखरी न्युज/ काठमाडौँ । साढे दुइ दशक भन्दा वढी समय तेक्वान्दो खेलमा आवद्ध भएका एक खेलकर्मी नेपाल प्रहरीका पूर्व प्रहरी अधिकृत लक्ष्मण वहादुर ऐर संयुक्त राज्य अमेरिकामा उक्त खेल लाई निरन्तरता दिनुका साथै आफ्नो यात्रामा सिडि थप्दै आएका छन । उनी विश्व तेक्वान्दो सँघबाट छैटौ डान व्याल्याक वेल्ट सिनियर मास्टर, अन्तर्राष्ट्रिय मास्टरका साथै विश्व तेक्वान्दो सघंबाट लाइसेन्स प्राप्त जज हुन ।

 

नेपाल प्रहरीमा समेत उनको नाम कुनै नयाँनौलो चाही होइन। उनी एक कुशल एवं व्यवसायिक प्रहरी अधिकृत समेत रहेको भनी तलदेखि माथि नेतृत्व तहका दर्जाले समेत उनको निकै प्रशंसा समेत गर्छन । मिजासिलो स्वभावका धनी व्यक्तित्व एकाएक नेपाल प्रहरीमा स्वेच्छिक अवकास लिइ संयुक्त राज्य अमेरिकाको यात्राको शुरुवाति गरेका छन । उनका अनुसार हालको यात्रा त्यति सहज त छैन तै पनि उनको वाल्यकालदेखि हालसम्मको यात्रा विविध विषम परिस्थितिहरुको सामना गर्दै अगाडी वढकोले एकदिन गन्तव्यमा अवश्य नै पुग्ने छु भन्ने कुरामा विश्वस्त भई निरन्तर अगाडी वढि रहेको छु।

No description available.

यहाँसम्म आउदा विविध देशकाल र परिस्थिति अनुसार आफ्नो यात्राका क्रममा सिधा हिडेको गन्तव्यमा यु टर्न गर्नु परेको देखि साथि संगतबाट टाढा बस्नु परेपनि मैले पछुताउनु चाहि परेको छैन । जुन समयमा जे डिसिजन लिएर अगाडी वढे मैले अरुको लागि नभई आफ्नो भविश्यको यात्राका लागि गरेकाले कुनै पछुताउनु पर्ने अवस्था नभएको उनी वताउछन । उनी थप्छन नेपाल प्रहरीको सदस्य भएको नाताले आफ्नो कडा परिश्रमको परिणाम स्वरुप विभिन्न मिशनहरुमा जाने अवसर प्राप्त भयो । जसले गर्दा जागिर अवधिको छोटो समयावधिमा नै आफ्नो न्यूनतम आधारभूत आवश्यक्ता परिपूर्ति गर्न सहज भयो ।

No description available.

तेक्वान्दो खेलले आफ्नो जिवनमा निकै नै उतार चढाव ल्याएको उनी सम्झन्छन । तेक्वान्दो खेलकर्मी भएकोमा गर्वको अनुभूति हुन्छ। जुन खेलले मेरो जिवनशैली वदलेको छ । विभिन्न देशका तेक्वान्दो खेलकर्मीहरुसित आफ्नो अनुभव आदान प्रदान गर्ने अवसर प्रदान गरेको छ । संयुक्त राज्य अमेरिकामा शुरुवाति दिनहरुमा तेक्वान्दो स्कुलमा तेक्वान्दो कक्षाहरु संचालन गर्नु त्यति सहज नभएको उनी वताउछन । नेपालमा तेक्वान्दो खेलाए जस्तो यहाँ नभएको साथै ४/५ बर्षका साना बाबु नानीहरुदेखि ७० वर्ष माथि उमेर समुहका समेत खेलाडीहरु रहने गरेको उनी वताउछन । एउटा असल खेलाडी बनाउने उद्देश्य मात्र नभई विविध मनोरन्जन, व्यक्तित्व विकासदेखि उनीहरुको मनोविज्ञान बुझेरमात्र खेलाउनु पर्ने उनी वताउछन् । हाल आएर कक्षा संचालन गर्न सहज महसुस हुदै आएको उनी वताउछन ।

No description available.

संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यहरुमा संचालन हुदै आएका विभिन्न प्रतियोगिताहरुमा समेत उनले निर्णायकको भूमिका निर्वाह गर्दै आएका छन । सन २०२३ अप्रिल १ मा भएको भर्जिनिय राज्य तेक्वान्दो च्याम्पियनसिपमा समेत उनले रेफ्री/न्यायाधिसको भूमिका गरेका थिए जुन प्रतियोगितामा अन्य नेपाली रेफ्रीहरुको समेत सहभागिता रहेको उनी वताउछन । उक्त प्रतियोगिताबाट छनौ भएका खेलाडीहरु संयुक्त राज्य अमेरिकाको राष्ट्रिय प्रतियोगितामा सहभागि हुने उनले वताए । आगामी दिनहरुमा समेत उक्त खेललाई निरन्तरता दिने उनको उद्देश्य रहेको उनी वताउछन।

No description available.