२०८१ बैशाख ८ , शनिवार

युनिलिभरद्वारा नेपाली सेनाको हिमाल सफाइ अभियान २०२३ मा हातेमालो

सुनाखरी न्युज/ काठमाडौँ । युनिलिभरको “विश्वलाई दिगो साझा बासस्थान बनाउने” (To make the world a sustainable common living place) प्रतिबद्धताको एक अंश रूपमा, यसले ‘हिमाल सरसफाई अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। युनिलिभर नेपाली सेनासँग यस महान पहलमा हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ छ ।

 

युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य हो । हिमालको संरक्षण गर्ने र चुचुरो÷हिमाल हरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो । यस वर्षको अभियान अन्तर्गत सगरमाथा, लोत्से, अन्नपूर्ण, बरुणत्से हिमालहरुको सफाई गदैै ३५ टन फोहर संकलन गर्ने लक्ष्य राखेको छ। फोहरमुक्त विश्वको लागि चक्रिय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहदै आएको छ । फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमालहरूको सौन्दर्यलाई तहसनहस पार्नुका साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ ।

 

युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक  अम्लान मुखर्जीले भन्नुभयो, “यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौं ।” नेपाललाई आफ्नो शिखरहरूको लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशिल रहेको उल्लेख गर्दै उहाँले युनिलिभरले हिमालहरूको सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको बताउनु भयो । युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध छ । प्लास्टिकको प्याकेजिङयुक्त फोहरको सम्बोधनका लागि कडा मेहनत गर्ने यसले उद्देश्य राखेको छ, विशेष गरी साझेदारी र सहयोगको माध्यमबाट जसले यसका कार्यसञ्चालनहरूभन्दा पर रहेर परिवर्तनलाई हाँक्दछन् । अन्तिम उद्देश्य फोहोर व्यवस्थापनको लागि चक्रिय आर्थिक प्रणाली सिर्जना गर्नु हो ।

 

“हामी विश्वलाई सबैका लागि उत्तम दिगो स्थान बनाउन प्रतिबद्ध छौं र आउँदा दिनहरूमा यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागी हुनेछौं,”  अम्लान मुखर्र्जीले भन्नु भयो ।