२०८१ बैशाख ७ , शुक्रवार

देशभर मौसम प्रभावित, चन्द्रागिरि डाँडामा हिमपात

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात भएको छ ।

हिउँले भालेश्वर मन्दिर, चन्द्रागिरिको रिसोर्ट, केबलकार लगायतका क्षेत्रमा हिमपात भएको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन्।

 

यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो । यसअघिका वर्षमा माघ-फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ ।

 

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।बाँकी पहाडी क्षेत्रमा पानी परेको छ ।