२०८१ बैशाख १४ , शुक्रवार

शान्ति समाजको आयोजनामा ‘लोकतन्त्रको १७ बर्ष संक्रमण कालिन न्याय अलपत्र’ विषयक अन्तरक्रिया कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौं ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको आयोजनामा शुक्रबार गोरखामा लोकतन्त्रको १७ बर्ष संक्रमण कालिन न्याय अलपत्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । गोरखा शाखा सभापति गोमा दुवाडीको अध्यक्षता र गोरखा नगरपालिका कि उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव सिताराम तिवारीले शान्ति समाजको अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । यस्तै समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडीले सहभागिहरुको जिज्ञासाको जवाफ दिनु भएको थियो ।

कार्यक्रममा नेकाका सहसचिव लुमनाथ लामिछाने, नेकपा एमालेका सचिव काजिराम रोका, शान्ति समाज गोरखाका पूर्व सभापति यदु अधिकारी, जिल्ला प्रशाशन कार्यालयका प्रशाकपय अधिकृत चुडानिधि तिवारी लगायतका वक्ता हरुले आ आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा ४८ जनाको सहभागिता रहेको थियो ।