२०८० चैत्र १६ , शुक्रवार

अभिनेता अनुभव रेग्मीलाई एसईई सँगै फिल्मको चटारो

सुनाखरी न्युज/ काठमाडौँ । टिनएज अभिनेता अनुभव रेग्मी पढाइ र फिल्म करिअरलाई सँगै अघि बढाइरहेका छन् । सानैदेखि अभिनयमा खारिएका उनी पढाइमा पनि तीक्ष्ण छन् ।

 

१० वर्षअघि फिल्म ‘रिदम’बाट अभिनय करिअर थालेका उनको पछिल्लो फिल्म ‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते देशव्यापी प्रदर्शन हुँदैछ ।यतिबेला अनुभवलाई पढाइ र फिल्मको भ्याइनभ्याइ छ । फिल्म प्रचार गर्ने बेला उनी परीक्षामा होमिएका छन् । परीक्षा सकिएपछि मात्र प्रचारमा जुट्ने अनुभवका बुवा अरुण रेग्मीले बताए । शुक्रबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुभव पनि सहभागी छन् ।

उनले भीमसेन गोला स्कुल परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । उनी बुद्धनगरको काव्य स्कुलका विद्यार्थी हुन् । कक्षा १ देखि नै उनले यो स्कुलमा पढ्दै आएका छन् । आमा कविता रेग्मीले फेसबुकबाट सार्वजनिक गरेको तस्वीरमा अनुभवलाई टीका लगाएर परीक्षा केन्द्रतर्फ जाने तयारीमा रहेको रुपमा देख्न सकिन्छ ।