२०८० चैत्र १६ , शुक्रवार

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ । आज मिति २०७९÷१२÷१७ गते विहान १० बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडांैमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

 

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,०१,०६,६९,६६२÷– को ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम रु. १,३५,२२,२१३.४० (अक्षेरुपी एक करोड पैतीस लाख बाईस हजार दुई सय तेह्र र पैसा चालीस मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७८÷७९ को वित्तीय विवरण पारित गरी १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साथै, सोही साधारण सभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ६ जना संचालकहरु निर्विरोध निर्वाचित हुनु भएको व्यहोरा जानकारी गराईन्छ ।
तपसिल
१. उज्जवल सत्याल – संस्थापक समूह
२. सुशिल काजी बानियाँ – संस्थापक समूह
३. गंगा सागर ढकाल – सर्वसाधारण समूह
४. लिसा शेरचन – सर्वसाधारण समूह
५. सुजन सिद्धि बज्राचार्य – संस्थापक समूह
६. नरेश ढुंङगाना – सर्वसाधारण समूह

 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।