२०८१ बैशाख १३ , बिहिवार

एसईईमा खटेका एक असईको मृत्यु

सुनाखरी न्युज/ काठमाडौँ । महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु भएको छ ।

 

बलवा नगरपालिका वडा नं. १० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेलको मृत्यु भएको हो ।अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।

 

उनी गौर नगरपालिक-२ का बासिन्दा हुन्। बिहान ९ : २५ बजे मृत्यु भएको हो । पोस्टमार्टम गरी उनको शव परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।