२०८१ बैशाख ७ , शुक्रवार

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँड

सुनाखरी न्युज/ काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज दिउँसो बाँडफाँड गरिएको छ। काठमाण्डौको कमलादीस्थित धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।

 

आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ३ बजे राखिएको थियो। कम्पनीले गत चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको थियो। कम्पनीले बाँकी रहेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखी ३५ लाख ८१ हजार ७६० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

 

यो आईपीओमा कुल १४ लाख ४४ हजार ९७८ आवेदकबाट कुल १ करोड ६२ लाख २९ हजार २३० कित्ता सेयर माग भएको थियो। जसमा १३ लाख ९३ हजार १५३ आवेदकबाट परेको १ करोड ५१ लाख ८७ हजार ९९० कित्ता सदर भएको छ भने ५१ हजार ८५२ आवेदकबाट परेको १० लाख ४१ हजार २४० कित्ता बदर भएको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ३ लाख ५८ हजार १७६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये १० लाख ३४ हजार ९७७ आवेदकको हात खाली भएको छ। यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट र सीडीएससीको