२०८१ बैशाख ८ , शनिवार

एसइई परीक्षा अवधिभर मदिरा बिक्री वितरणमा रोक

सुनाखरी न्युज/ काठमाडौँ । शुक्रबार बिहान ८ बजेदेखि सुरु भएकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा अवधिभर बैतडीमा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।

 

जिल्लाको मेलौली नगरपालिकाले नगरभित्र एसइई परीक्षाअवधिभर मदिर बिक्री वितरण र सेवनमा रोक लगाएको हो । नगरभित्र रहेका ३ वटै परीक्षा केन्द्र आसपास तथा परीक्षासँग सम्बन्धित व्यक्तिहरु बास बसेको ठाउँ नजिक मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

 

परीक्षा अवधिभर मदिरा बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि जनाइएको छ । यसै गरी पालिकाले परीक्षा सञ्चालन अवधिभर तोकिएको दररेट भन्दा बढी मूल्यमा अन्य उपभोग्य सामान बिक्री वितरण नगर्न समेत अनुरोध गरेको छ ।