२०८१ बैशाख ६ , बिहिवार

उद्योग मन्त्रालय नपाएपछि खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

सुनाखरी न्युज/ काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले मन्त्रिमण्डल पुनर्गठनमा उद्योग मन्त्रालय पाइनेमा विश्वस्त रहे पनि उक्त मन्त्रालय नदिइएपछि शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काललाई खानेपानी मन्त्रालय सम्हाल्न र पछि मिलाउने भनेर खानलाई खानेपानी मन्त्रालयकै जिम्मेवारी दिइएको थियो । तर, मन्त्रिमण्डल पुनर्गठनमा पनि उद्योग मन्त्रालय नदिइएपछि खानले पदबाट राजीनामा दिन बाध्य भएको जनमत एक नेताले बताए । जनमतले सरकारमा जानुअघिदेखि नै उद्योग मन्त्रालयको दाबी गर्दै आइरहेको थियो ।

 

तर, जनमतलाई खानेपानी दिएर एमालेले उद्योग मन्त्रालय दिइएको थियो । उनका अनुसार मन्त्रिमण्डल पुनर्गठनका क्रममा उद्योग मन्त्रालय नदिएर खानेपानी मन्त्रालयकै जिम्मेवारी दिइपछि खानले मन्त्री पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आज (शुक्रबार) कांग्रेससहितका दलहरुसँगको गठबन्धनमा मन्त्रिमण्डल पुनर्गठन गर्दै छन् । आज नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहणको कार्यक्रम पनि तय गरिएको छ ।