२०८१ बैशाख २६ , बुधवार

डलर साट्ने भन्‍दै रकम ठगी गरेको आरोपमा युवक पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ । काठमाडौं उपत्यकामा चारभन्दा बढी स्थानमा डलर साट्ने बाहानामा लुटपाट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई हाल भक्तपुरको बालकोट बस्‍ने २८ वर्षीय भिम बहादुर तमाङ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भक्तपुरको बालकोटबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत सातदोबाटो पठाइएको प्रहरीले जनाएको छ ।

 

उनले उपत्यकाका विभिन्न स्थानहरुबाट विभिन्न व्‍यक्तिहरुलाई फोनमार्फत डलर साटिदिने भन्‍दै ३० लाख ५० हजार रुपैयाँ ठगी गरेकफ प्रहरीको आरोप छ । साथै उनले यसअघि पनि नक्कली सुन देखाई ५ लाख रुपैयाँ ठगी गरेको घटनामा मुद्दा चलिरहेको प्रहरीले जनाएको छ ।