२०८१ बैशाख १३ , बिहिवार

गरिमा विकास बैंकले नयाँ वर्ष वि.सं. २०८०को क्यालेण्डर र नयाँ वेवसाईट विमोचन

सुनाखरी न्युज/ काठमाडौँ । यस गरिमा विकास बैंक लिमिटेडले एक विशेष कार्यक्रम आयोजना गरि आउँदै गरेको नयाँवर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ ।

 

आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गर्नु भयो । बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ ।

 

सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल ज्यूले स्तरोन्नती गरि ग्राहक मैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारंभ गर्नुभएको छ । गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षितएवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।