२०८१ बैशाख ८ , शनिवार

टाटा कमर्सियल गाडीहरुका लागि सिप्रदीको सर्भिस अब बाग्लुङ्ग बाट पनि

सुनाखरी न्युज/ काठमाडौँ । सम्पूर्ण टाटा कमर्सियल गाडीहरुलाई सर्वसुलभ तथा उच्च कोटिको सेवा तथा सुविधाहरु प्रदान गर्ने उदेश्यले सिप्रदी टे«डिङ्ग प्रा.लि.ले बागलुङमा आफ्नो २६ औं शाखा संचालनमा ल्याएको छ ।

 

एक विशेष कार्यक्रमको आयोजना गरीउक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको छ। उक्त अवसरमा सिप्रदी टे«डिङ्ग प्रा. लि.का प्रमूखकार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ ले नेपालमा टाटा गाडी बिक्रि गर्नुको अतिरिक्त कम्पनिको प्रमुख व्यवसायिक लक्ष्य भनेको विकास शील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट विक्रिपछिको सेवाहरु प्रदान गर्नु हो । ग्राहकको चाहना र आवश्यक्तालाई पहिलो प्राथमिकतामा दिएरहालको अवस्थालाई ध्यानमा राखीसिप्रदीले टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधाप्रदान गरेको छ । त्यसै गरि टाटा प्रोटेक्ट अन्र्तगत को सेवा तथा सुविधाहरुको माध्यम बाट ग्राहकहरुलाई छिटो सेवा प्रदान गरि गाडि संचालन खर्च लाई न्यूनिकरण गर्नमा विशेष जोड दिदैं आएकोे जानकारि प्रदान गर्नुभयो ।

 

सिप्रदीको बागलुङ शाखा बाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरुलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्स को साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्नेछन् त्यसको साथै टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशत सम्म र जेन्यूइनआयलमा २५ प्रतिशत सम्मको छुट सुविधाहरु प्राप्त गर्न सक्ने छन् । टाटा प्रोटेक्ट अन्र्तगत ४ घण्टा भित्र सर्भिसिङका कामहरुको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्रममर्त कार्यको ग्यारेन्टी प्रदान गर्नेछ यदिनभएमाप्रति दिन रु ११०० का दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ । त्यसै गरीएक्सिडेन्टल कार्यहरुको लागिनगद रहितवीमादावी सुविधाको साथमा ६० दिन भित्र गाडि मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ।ग्राहकहरुको गाडि संचालनखर्चलाई न्यूनिकरण गर्नको लागिविविधखालको ए एम सि सुविधाहरु पनि प्रदान गर्ने छ । अफरोड भएका गाडिहरुको लागि टाटा अर्लट अन्तर्गत ६ घण्टा भित्रअफरोड भएको स्थानमापुग्ने र ४८ घण्टा भित्र समाधान गर्नेछ ।

उक्त वर्कशपको शुभारम्भ संगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरि नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरुबाट टाटा कमर्सियल गाडिहरुको लागिआवश्यक सम्पूर्ण सेवा तथा सुविधाप्रदान गर्नेछ । सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमूख संचालक अधिकृत राजेश प्रसाद गिरीले कार्यक्रममाउपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधैंउत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरीकार्यक्रमको समापन गर्नुभयो ।