२०८० चैत्र १५ , बिहिवार

तोलामा १ हजारले बढ्यो सुन

Gold

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो साताको तुलनामा यो साता सुनको भाउ भने ६०० रुपैयाँले घटेको छ। अघिल्लो साताको शुक्रबार प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। अघिल्लो साताको तुलनामा यो साता चाँदीको भाउ भने तोलामा ४०० रुपैयाँले बढेको छ। अघिल्लो साताको शुक्रबार चाँदी तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।