२०८१ बैशाख ८ , शनिवार

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा २०७९ साल चैत्र १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।

 

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष  विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको एक्काईसौं वार्षिक साधारण सभाबाट ३.३२५५ बोनस शेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।

 

साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ उन्नाईस चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ ।