२०८१ बैशाख १३ , बिहिवार

१७ करोडको कोकिनसहित काठमाडौंबाट २ भारतीय महिला पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ । प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।

 

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी ४५ वर्षकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । उनको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको छ ।

 

त्यस्तै १४ चैतमै भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए । उनीहरु दुबै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड, ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।