२०८० चैत्र १६ , शुक्रवार

“आइएम ईएजेन्ट्स मार्फतनै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने”

सुनाखरी न्युज/ काठमाडौँ । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु ९ एजेन्टहरु मार्फत अब हवाईयात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन्।

 

यस सेवा मार्फत देश भरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसगं ९ एजेन्ट्स यात्रुहरुले सुपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सक्नेछन्। यसकोसाथै साझेदार मित्रहरुले आफ्नो ‘आइएमई एजेन्टपोर्टल’मार्फतनै अन्तर्राष्ट्रिय हवाई टिकटको मुल्य, उडानको तालिका हेर्नतथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको छ।

 

यस सेवामार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने बिश्वास आइएमई ग्रुपको छ।