२०८१ बैशाख ८ , शनिवार

थप ४२ जनामा कोरोना संक्रमण

Corona

सुनाखरी न्युज/ काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर १२३ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।