२०८१ बैशाख ६ , बिहिवार

अभिनेता सौगात र अभिनेत्री सृष्टिको ‘ब्रेकअप’

सुनाखरी न्युज/ काठमाडौँ । अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो सम्बन्धमा दरार आएको छ ।

 

सौगातले सहमतिमै आफूहरु अलग हुने बाटोमा अघि बढेको बताएका छन् । सृष्टि चाहिं आराम गर्न भन्दै यतिबेला लण्डनमा परिवारसँग छिन् ।‘काममा फोकस हुनुपर्ने समयमा हामी एकापसमा धेरै इन्गेज भयौं ।

 

हाम्रो कुरै भएको हो,’ सौगातले भने, ‘मलाई यसमा अहिले हतार छैन, हेर्दाखेरि उसलाई पनि हतार देखिएन । काममा फोकस गरौं भन्ने हो ।’ केही महिनाअघि उनीहरुले यसै वर्ष विवाह गर्ने तयारी समेत भइरहेको बताएका थिए ।