२०८१ बैशाख ८ , शनिवार

नेप्सेमा गिरावट, ८९ करोडको मात्रै कारोबार

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १०.८७ अंकले घटेर एक हजार ९ सय ८ दशमलब ५५ विन्दुमा पुगेको छ ।

 

बुधबार भने नेप्से झिनो अंकले बढेको थियो । त्यस्तै, आज ८९ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४९ कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५७२.४० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्था लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।