२०८१ बैशाख १३ , बिहिवार

गीतकार लोकराज अधिकारीले ल्याए ‘तिम्रो संसार बेग्लै भयो’ (भिडियो)

सुनाखरी न्युज/ काठमाडौँ । प्रसिद्ध गीतकार लोकराज अधिकारीले नयाँ गीत ‘तिम्रो संसार बेग्लै भयो’ को भिडियो रिलिज गरेका छन् । गीतमा प्रबिण बेडवालको स्वर रहेको छ भने ज्योती प्रकाशको संगीत रहेको छ ।

 

मनोहर सुनामले संगीत संयोजन गरेको गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोका कृष्ण भान्जाले रेकर्डिङ र स्याम स्बेत रसाईलीले मिक्सीङ मास्र्टरिङ गरेका हुन । नेपाली सुगम संगीत र चलचित्रमा गीतलेखेर नाम कमाएका गीतकार अधिकारीले यो गीत पनि सुगम संगीत मनपराउने दर्शक श्रोताबाट मायाँ पाउने आशा गरेका छन् । गीतको भिडियोमा अमेरिका बस्दै आएका प्रतिभाशाली मोडल बिकाश चौहान र अभिनेत्री रुषा न्यौपानेको मुख्य भुमिका छ ।

 

अन्तरजातिय प्रेम र बियोगको कथा रहेको म्यूजिक भिडियोमा रमेश खडका सूर्य ओली लगायतको पनि अभिनय छ । उत्सव दाहालले खिचेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन भने निर्देशन प्रकाश धितालले गरेका हुन । रमणिय स्थल भकुण्डेबेशीमा छायाँङकन गरिएको भिडियो हेरेर आँशु खसेको अभिनेत्री न्यौपानेले बताएकि छन । तिला खतिवडाको प्रस्तुतिमा बनेको भिडियोलाई द बेभ डिजिटल यूट्युव बाट सार्बजनिक गरिएको हो ।

(भिडियो)