२०८१ बैशाख १५ , शनिवार

सस्तियो सुन

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० बढेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।