२०८१ बैशाख ८ , शनिवार

लोक प्रिय हुँदै लोकोन्याभका पाँच विशेष फाईदा

सुनाखरी न्युज/ काठमाडौँ । नेपालमा बढिरहेको निर्माण तथा पूर्वाधारका परियोजनाहरुमा प्रयोग हुने गाडी र फ्लीटहरुको दक्षता र उत्पादकताको व्यवस्थापनको लागि सिप्रदीले अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लीट व्यवस्थापन सफ्टवेर कम्पनी लोकोन्याभसंग सहकार्य गरेर नेपाली बजारलाई सुहाउँदोे सवारी साधन ट्रयाकिङ तथा फ्लीट म्यानेजमेन्ट सफ्टवेर ल्याएको छ।

 

सवारी साधनको उत्पादकता बढाउन त्यसमालाग्ने इन्धन र मर्मतको लागतको प्रमुखभूमिकाहुने गर्दछ। ग्राहकहरुको यहीआवश्यकतालाई बुझेर ल्याइएको लोकोन्याभ, नेपालीबजारलाई किफायती सवारी साधन ट्रयाकिङ एंड फ्लीट म्यानेजमेन्ट सफ्टवेर साबित हुने सम्भावना छ। जीपीएसप्रविधि बाट चल्ने यो सफ्टवेरको दैनिकप्रयोगले फ्लीट संचालनमाआउने चुनौतीहरूको समाधानप्रयोगकर्ताहरुले तुरुन्तै पाउन सक्नुहुनेछ। त्यसैले छोटो समयमानै लोकोन्याभ अटोमोबाइलबजारमा चर्चित हुँदैछ।
लोकोन्याभको लागिसिप्रदीको तर्फबाट रजियाश्रेष्ठ अनुसार, “लोकोन्याभ नेपालीबजारमा ल्याएको पाँचमहिनाभएको छ।

 

लोकोन्याभको बिक्रि सुरु गरेको पाँचमहिनामा नै यो सफ्टवेरले ग्राहकहरुको विभिन्न समस्याको एउटा समाधानबन्न सफलहुँदैछ। अहिले लोकोन्याभका प्रयोगकर्ताहरु बाट ५ प्रमुख फाइदाहरुको प्रकिया आइरहेको छ। सबैभन्दा पहिले लोकोन्याभबाट व्यवसायको फ्लीटको उत्पादकतामा सुधार भइरहेको छ। सवारी साधन ट्र्याकिङ सिस्टमले फ्लीट म्यनाजेरलाई आफ्नो सवारी साधनले गर्ने ट्रीपको व्यवस्थापन र निगरानी राख्न मद्दत पुर्याउनुका साथै अनावश्यक ट्रीपहरुको व्यवस्थापन गर्न मद्दत पुर्याउछ। आफ्नो गाडी कहिले कहाँचलेको छ भनेर निगरानी गर्ने यो सिस्टमले चालकमाथि फ्लीट म्यनाजेरको नियन्त्रणलाई कायम राख्न धेरै मद्दत पुर्याउने गर्दछ। त्यसैले ट्रीप म्यनाजेमेंटका साथै गाडीमा हुने इन्धनको खपत घटाउन पनि सहजताभएको प्रक्रियाआइरहेको छ।

 

आफ्नो गाडीको सुरक्षा र व्यवस्थापन एकल ग्राहक वा फ्लीट म्यनाजेर दुवैका लागि चुनौतिपूर्ण कार्य हो। त्यसैले सवारी साधनको सुरक्षाको लागि लोकोन्याभमाइममोविलाईजेसन फिचर लोकप्रियहुँदै गईरहेको छ। यसबाट आफ्नो सवारी साधनलाई जुनसुकै स्थानबाट पनि लक गर्न सक्नुहुन्छ,जसले गर्दा लोकोन्याभप्रयोगकर्ताहरुले आफ्नो गाडी सुरक्षित रहेको महसुस गर्नुभईरहेको छ। अझै यो फिचरकोसबैभन्दा फाइदाबैंक तथा वित्तिय संस्थाहरुले ऋणमा दिईएको सवारी साधनट्र«याकगरी पत्तालगाउनप्रयोग गरिरहनु भएको छ।

 

तेस्रो फाइदाको कुरा गर्नु पर्दा लोकोन्याभबाट चालकव्यवहार अनुगमन गर्न सकिन्छ। गाडी लापरवाही ढंगले चलाएमाजनधनको क्षतिका साथै मर्मतसम्भारमा ठुलो लागतलाग्न सक्छ। त्यसैले लोकोन्याभको सिस्टम मार्फत फ्लीट म्यानाजेरहरुले चालकहरुको ब्रेकिङ्ग शैली, एक्सेलेरेशन, रफ्तार, कर्नेरिंग जस्ता तथ्यांकहरु प्राप्त गर्न सक्नुहुन्छ। यस जानकारीले चालकहरुलाई क्षति अगाडी नै तालिम वा सुधारका लागि सुझाव दिन सकिन्छ। विद्यालयहरुले पनि स्कूल बस प्रयोग गर्ने आमाबाबुहरुलाई आफ्ना बच्चाहरु स्कुलबसमाहुँदा सुरक्षितछन् भनेर आश्वाशनलोकोन्याव को प्रयोगले दिईराखेका छन् ।

चौथो फाइदाको कुरा गर्नुपर्दा, लोकोन्याभअहिले गाडी व्यवस्थापनको लागिकुशल साथीको रुपमा प्रयोग भईरहेको छ। उचित प्रविधिबिना फ्लीटको व्यवस्थापन गर्नु भनेको एकदमगाह्रो र तनाबपूर्ण कामहो जसले समय,ऊर्जा र पैसा सबै खर्च हुने गर्छ। अझै लजिस्टिक र डेलिवेरी कम्पनीहरुमायसको महत्वअझै बढी रहेको हुन्छ। लोकोन्याभको फ्लीट म्यानेजमेन्ट सिस्टमले सञ्चालन टिमलाई ट्रिपहरु सजिलै तोक्न र ट्र«याक गर्न सक्ने बनाईदिन्छ। आफ्ना ग्राहकहरुलाई समेत सामानकहाँआइपुग्यो भनेर ट्र«याकगर्ने विकल्प दिन्छ। जसले गर्दा डेलिवेरी कम्पनीका ग्राहकहरुमा विश्वसनीयता कायम गर्न सहज भइरहेको छ।

हामीलाई आउने पाँचौ फाइदाको कुरा गर्नुपर्दा लोकोन्याभले प्रयोगकर्ताहरुलाई विश्लेषणात्मक सुविधा पनि प्रदानगर्दै आएको छ व्यापारिक निर्णयहरुमा विशेष भूमिका निर्बाह गर्दै आइरहेकोछ। ग्राहकहरु लाई आवश्यकता अनुसारको आउने रिपोर्टले कम्पनिको फ्लीट व्यवस्थापनको समग्र दृश्य एकैसाथ हेर्न सकिन्छ।”नेपालका विभिन्न उद्योग, कारखाना, शिक्षण संस्था, यातायातव्यवसायहरु ले भरोसा गरिरहेको यस लोकोन्याभ बाट पाईरहेको विश्लेषणात्मकसमाधानले एकदम सन्तुष्ट छन्।