२०८१ बैशाख १३ , बिहिवार

अन्तराष्ट्रिय बीमा प्रशिक्षक विजयकुमार झाद्वारा काठमाडौँमा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित

सुनाखरी न्युज/ काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनी नेपाल लाइफइन्स्योरेन्स कम्पनीलेकाठमाडौँको कालिमाटीआयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ ।

 

अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममाकरिव ४००जनाभन्दाअभिकर्ता तथाएजेन्सीम्यानेजरहरुको सहभागिता रहेको थियो । यस कार्यक्रममाकम्पनीकानायवप्रमुखकार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापतिपोखरेल,कम्पनी सचिवबिनोद भुजेल, एजेन्सी सभिसिङ्गविभागकाप्रमुख सुनितापोखरेल,प्रदेश प्रमुखहरु सपुतचन्द्र खनाल, पुर्षोत्तम सापकोटा लगायतशाखातथाउपशाखाकाप्रमुखतथाकर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको शुभारम्भ संयुत्त रुपमापानसमादिपप्रज्वलन गरीनायवप्रमुखकार्यकारी अधिकृत अमितकुमारकयाल र नेसनल सेल्स हेड उमापतिपोखरेलले गर्नुभएको हो ।

 

विशेष कारणबस देश बाहिर रहनुभएका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थितभई माघ महिनाको स्कीमबाट छनौट भएर कार्यक्रममा पाल्नुभएका बीमा अभिकर्ताहरुलाई स्वागततथाबधाई ज्ञापन गर्नुभयो । अभिकर्ताहरुको क्षमताको विकाशकम्पनीको केन्द््रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदानगर्न अन्तराष्ट्रिय ख्यातीप्राप्तप्रशिक्षकलार्ई कार्यक्रमआयोजनागरिएको बताउनुभयो । यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमताअभिवृद्धि गर्न तथाव्यवसायविस्तारकालागिआवश्यकउपयोगी सीपहरुलाईथपनिखार्न महत्वपुर्ण भूमिका खेल्नेमाआफु विस्वस्त रहेको बताउनुभयो । कार्यक्रममा उपस्थित अभिकर्ता महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले आगामीदिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीपविकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बताउनु भयो ।

 

कार्यक्रममा“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात”भन्ने नाराका साथ नेपाललाइफइन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाललाइफ सुनौलोभविष्यजीवनबीमा योजना” संग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापतीपोखरेलले गर्नु भएको हो । सावधिक योजना र पेन्सन योजना भएको यो बीमा योजनाएकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटो सुहाउँदो रहेको नेशनल सेल्स हेड उमापतिपोखरेल बताउनुभयो । यो योजनान्युनलगानीले उच्च बचत तथाप्रतिफलको अपेक्षागर्नेहरु र बुढेशकालमा पेन्सन चाहनेहरुका लागि अहिले सम्मकै उत्कृष्ट बीमा योजना रहेकोले यसको प्रचुर फाईदा उठाउन आग्रहगर्नुभयो ।
उक्त कार्यक्रमका सहभागीहरु लाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइ बाट जीवन बीमाका अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजयकुमार झा उपस्थित हुनु हुन्थ्यो ।