२०८१ बैशाख ४ , मंगलबार

आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुले मन्त्रालयको भागबण्डा अनुसार नामावली बुझाउनासाथ आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

 

सत्ता साझेदार दलहरुको बुधबार बसेको संयुक्त बैठकमा मन्त्रालय बाँडफाँट लगभग टुंगिएको नेताहरुले बताएका छन् । बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले बिहीबार साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

 

संयुक्त बैठकमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २-२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १-१ मन्त्रालय पाउने समझदारी बनेको नेताहरु बताउँछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

 

यसैवीच
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बिहान ११ बजेका लागि तय गरिएको छ ।

विस्तार हुन लागेको मन्त्रिपरिषद्मा पठाउने मन्त्रीहरु छान्न बैठक बस्न लागेको हो ।