२०८० चैत्र १६ , शुक्रवार

श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएसँगै घट्यो इन्धनको मूल्य

सुनाखरी न्युज/ काठमाडौँ । श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका छन्।

 

मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५ र मट्टितेल रु २९५ मा पाउने छन् ।

 

अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएका छन्। साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो ।