२०८० चैत्र १६ , शुक्रवार

के.एफ.सी.को सोह्रौं शाखा सामाखुशीमा

सुनाखरी न्युज/ काठमाडौँ । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा सोह्रौँ शाखा बिस्तार गरेको छ । टोखा नगरपालिका वडा नं. १० स्थित नर्थ सिटी मलमा के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजी देवयानी इन्टरनेशलन नेपाल प्रा.लि. ले के.एफ.सी. स्टोर सञ्चालनमा ल्याएको हो ।

 

के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेनको परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । कोभिड १९ विरुद्घ शत् प्रतिशत खोप लिएका कर्मचारी मार्फत हरेक के.एफ.सी. स्टोरहरु सञ्चालन हुने गर्दछन् । यस रेष्टुरामा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनीगरी द्रुत सेवा समेत लिन सकिने छ ।

 

हरेक ग्राहकले Customer Display Screen बाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ्ग गर्न सक्नेछन् । १८०० फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ५१ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान ११ः०० बजे बाट रातको ११ः०० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ । यस रेष्टुराले १५ जना लाई प्रत्यक्ष रोजगार दिएको छ ।