२०८१ बैशाख १३ , बिहिवार

शिर्ष भूमिकामा सफल हुन शुभेक्क्षाको दौडधुप

सुनाखरी न्युज/ काठमाडौँ । शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘प्रेमा’को शीर्ष भूमिकामा नायिका शुभेक्क्षा खड्काले काम गरेकी छिन् ।

 

फिल्म भित्र अरुण क्षेत्री र श्रृष्टी श्रेष्ठ पनि छन् । तर, शुभेक्क्षाको वरि परी फिल्म घुमेको छ । यसरी हेर्दा, शुभेक्क्षाका लागि यो फिल्म अझ चल्नु पर्ने दबाब छ । पहिलो फिल्म ‘रणवीर’पछि अपेक्षित सफलता कमाउन नसकेकी शुभेक्क्षा दोस्रो फिल्मले करिअरलाई नै परिवर्तन गर्नेमा ढुक्क छिन् । नेपाल नभएका कारण नायिका श्रृष्टी श्रेष्ठ फिल्मको प्रचारमा देखिएकी छैनन् । तर, शुभेक्क्षाको दौडधूप भने गजबको छ ।

 

नायक अरुण क्षेत्रीसँग शुभेक्क्षा यो फिल्म सफल बनाउनका लागि मिडियामा दौडधूप गरिरहेकी छिन् । उनी भन्छिन्–‘यो फिल्म मेरा लागि विशेष छ । फिल्म भित्र दर्शकले आफूलाई पाउनुहुन्छ । एउटा सुन्दर प्रेमकथामा यो फिल्म बनेको छ ।’उसो त निर्देशक गोविन्द सिंह भण्डारीले बनाएको पहिलो फिल्म ‘रणवीर’ नचले पनि, समीक्षकबाट राम्रो तारिफ कमाएको फिल्म हो । यसैले, निर्देशक भण्डारीबाट केही फरक लभ स्टोरी कथाको अपेक्षा गर्न सकिन्छ ।