२०८० चैत्र १५ , बिहिवार

एआईजी पदस्थापन : उपत्यका प्रहरी प्रमुखमा श्याम ज्ञवाली

सुनाखरी न्युज/ काठमाडौँ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको पदस्थापन गरेको छ ।

 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार चार एआईजीको पदस्थापन भएको हो । त्यसअनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा श्यामलाल ज्ञवाली पठाइएका छन् ।दोस्रो वरियताका टेकप्रसाद राईले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी पाएका छन् । एआईजी किरण बज्राचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र दिपक थापाले प्रशासन विभागको जिम्मेवारी पाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले बताए ।

 

दुई दिनअघि गृह मन्त्रालयले डीआईजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।