२०८१ बैशाख १५ , शनिवार

प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

सुनाखरी न्युज/ काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको ९ लाख कित्ता संस्थापक शेयर चैत २१ गतेदेखि सर्वसाधारणमा जारी हुने भएको छ । बैंकले प्रतिकित्ता रू. १३० मूल्य अंकित गरी उल्लेखित शेयर विक्रीमा ल्याएको हो ।

 

यो शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति तथा संघ संस्थाहरूले चैत २९ गते अपरान्ह ३ बजेभित्र विक्री प्रबन्धक सानिमा क्यापिटलका कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यो शेयर संस्थापक समूहमै रहने गरी सर्वसाधारणमा जारी गरिएको बैंकले प्रष्ट पारेको छ ।

इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै बोलपत्र पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र चैत २९ गते अपरान्ह ४ बजे सानिमा क्यापिटलको कार्यालयमा खोलिने कार्यक्रम तय भइसकेको छ ।