२०८० चैत्र १६ , शुक्रवार

बढ्यो सुनचाँदीको मूल्य

सुनाखरी न्युज/ काठमाडौँ । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ८ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रूपैयाँले बढेर एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

 

तेजावी सुन प्रतितोला एक लाख ८ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार १० रूपैयाँले बढेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।