२०८१ बैशाख १४ , शुक्रवार

सूर्यास्तसँगै पश्चिम आकाशमा मंगलबार एकसाथ देखिनेछन् चन्द्रमासहित ५ ग्रह

सुनाखरी न्युज/ काठमाडौँ । मौसमले साथ दिए मंगलबार सूर्यास्तसँगै आकाशको पश्चिम दिशामा चन्द्रमा र पाँच वटा ग्रह एकसाथ देखिनेछन् । सूर्यास्तसँगै मंगलबार आकाशमा चन्द्र मात्रै नभएर बुध, वृहस्पति, शुक्र, मंगल र अरुण ग्रह पनि देखिनेछन् ।

 

 

पश्चिमतर्फ क्षितिजको नजिकै बुध र वृहस्पति एक ठाउँमा, त्यसको केही माथि आकाशमा शुक्र र अरुण र चन्द्रभन्दा पनि माथि मंगल ग्रह देखिने छ । चाँडै अस्ताउने भएकाले बुध र वृहस्पति हेर्न सूर्यास्तपछि आँध्यारो सुरु हुने बित्तिकै हेर्न सुरु गर्नुपर्छ । बुधभन्दा वृहस्पति दोब्बरले चक्किलो देखिन्छ । बुध साँझ सात बजेर ३ मिनेटसम्म आकाशमा देखिनेछ । बुध अस्ताएको ५ मिनेटपछि अर्थात ७ बजेर ८ मिनेटमा वृहस्पति अस्ताउने छ ।

 

 

त्यसैगरी शुक्र राति ९ बजेर ३ मिनेटमा अस्ताउने छ । शुक्रलगत्तै अरुण ९ बजेर १९ मिनेटमा अस्ताउने छ । मंगल भने मध्यरातसम्म आकाशमा देखिनेछ । मंगल राति पौने एक बजे मात्रै अस्ताउने छ ।